प्रमोद खरेलको स्वर र राम कृष्णको शब्दमा यो माया के हो सार्वजनिक(भिडियो )
काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको यो माया के हो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
मनछुने गीतमा शब्द राम कृष्ण महराको रहेको छ भने मन कुमार (शिवराज) ले यस गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ। वियोगान्त प्रेम कथामा आधारित म्युजिक भिडियोमा नायिका केकी अधिकारी, दिनेश थापा (आयुष ) र मनोज ओली फिचर्ड छन् ।
दिपेन बस्नेतले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन्। गोविन्द प्रसाद साह उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो । रोजगारीको सिलसिलामा मलेशियामा रहेका उत्पादक साह र महराले विदेशी भुमि बाटै आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका छन् ।
यसअघि गीतकार महराले मैले भन्दा, साइनो , उठ युवा हो लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् । ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक भएको हो ।
भिडियो :
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस