• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

उद्योग वाणिज्य महासंघ निर्वाचन : वरिष्ठ उपाध्यक्षसहित ६४ पदका लागि १२७ को उमेदवारी,कार्यसमितिका २ सदस्य निर्विरोध

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षसहित कार्यसमिति सदस्यका लागि १२७ जनाले उमेदवारी दर्ता गराएका छन् । त्यसमध्ये दुईजना कार्यसमिति सदस्य निर्विरोध चयन भएका छन् ।

 

आज शुक्रबार उम्मेदवारहरुको अन्तिम नामावली महासंघको निर्वाचन समितिले जारी गरेको हो। उद्योग वाणिज्य महासंघ निर्वाचन समितिले शुक्रबार प्रकाशित गरेको अन्तिम उमेदवारहरुको नामावलीअनुसार केन्द्रीय कार्यसमिति सदस्यमा प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट केन्द्रीय कार्यसमितिमा सन्दीप अग्रवाल निर्विरोध चयन भएका छन् ।

 

वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान, उद्योग वाणिज्य समूहको उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ, वस्तुगत समूहको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ एवं एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई र सौरभ ज्योति छन् । ढकाल र प्रधानले प्यानलसहित उमेदवारी दर्ता गराएका हुन् ।

 

ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ, जिल्लानगरतर्फ गुणनिधि तिवारी र एशोसिएटतर्फ रामचन्द्र सघाईको उम्मेदवारी परेको छ । यस्तै किशोर प्रधानको समूहतर्फ वस्तुगततर्फ अञ्जन श्रेष्ठ, जिल्लानगरतर्फ दिनेश श्रेष्ठ र एशोसिएटतर्फ शौरभ ज्योतीको उम्मेदवारी परेको छ ।

 

निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार जिल्ला नगरतर्फको १८ पदका लागि ३८ जनाले उम्मेदवारी दिएका छन् । यस्तै वस्तुगततर्फको १४ पदका लागि २९ जना, एशोसिएट तर्फको १९ पदका लागि ३३ को उम्मेदवारी परेको छ । यस्तै निर्वाचन क्षेत्र संस्थापक सदस्य समूहतर्फ एक पदका लागि ३ जनाको उम्मेदवारी परेको छ ।

 

यस्तै  प्रदेशतर्फ वाग्मती र लुम्बिनी प्रदेशबाट तीनरतीनजनाको उमेदवारी परेको छ भने प्रदेश २, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट २/२ जनाले केन्द्रीय कार्यसमिति सदस्यका लागि उमेदवारी दिएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार