• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

हानका निर्वतमान अध्यक्ष शाक्यको कोरोनाबाट मृत्यु

काठमाडौं । होटल एसोसियसन नेपाल (हान) का निर्वतमान अध्यक्ष अमरमान शाक्यको कोरोना भाइरस संक्रमणका कारण ७० वर्षको उमेरमा निधन भएको छ ।

 

दसैंपछि कारोना संक्रमण भएका शाक्यको शुक्रबार बिहान ३ बजे राजधानीस्थित ओम अस्पतालमा निधन भएको हो ।

 

होटेल तथा पर्यटन उद्योगको विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै होटेल संघ नेपालको अध्यक्षसमेत भई नेतृत्वदायी भूमिका निर्वाह गरेका शाक्य ‘प्रवल जनसेवाश्री चतुर्थ’ बाट विभूषित पनि भएका थिए । शाक्यका श्रीमती र दुई छोरा छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार