• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

युवा पत्रकार गोकर्ण गौतमको निधन

काठमाडौं । युवा पत्रकार गोकर्ण गौतमको निधन भएको छ । कान्तिपुर दैनिकमा कार्यरत ३१ वर्षका गौतमको न्यूरो अस्पताल बाँसबारीमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

 

मष्तिस्कमा समस्या देखिए पछि उनी तीन दिन अगाडि न्युरो अस्पताल बासबारी भर्ना भएका थिए । मकवानपुरका स्थायी बासिन्दा गौतमले काठमाडौँमा बसेर पत्रकारिता गर्दै आएका थिए । 

 

उनले अंग्रेजी पत्रिका न्यूपेपर, देशान्तर, नेपाल म्यागजिनमा पनि काम गरे । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार