• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने पक्का

काठमाडौं । नेपाली क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्‍वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्न पक्का भएको छ।

 

होबर्टले बिहीबार सन्दीपलाई विदेशी खेलाडीको कोटामा अनुबन्धित गरेको जनाएको छ । यसअघिका  दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका सन्दीपले यो सिजन भने नयाँ टोलीबाट खेल्न थालेका हुन् ।

 

यस्तै होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले सन्दीपको अगमनले टिमको बलिङ पक्ष थप बलियो भएको बताए । सन्दीपमा जहिले पनि रहस्यमय स्पिनको साथ खेल परिवर्तन गर्नसक्ने खुबी भएको र इनिङ्सको कुनै पनि चरणमा बलिङ गर्न सक्ने उनको भनाइ छ । सन्दीप ‘विकेट टेकर’ भएकाले बलिङमा अर्को आयाम थपिने प्रशिक्षक ग्रिफ्टले उल्लेख गरे ।  

 

नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० अर्थात् मङ्सिर २५ गतेदेखि शुरु हुनेछ । यस सिजनमा हरेक टिमले तीन विदेशी खेलाडीलाई प्लेइङ सेटमा राख्न पाउने छन् । यसअघि बीबीएलमा दुई विदेशी खेलाडीलाई मात्र राख्न पाइने नियम थियो   । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार