• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

हामी सबै असफल भयौँ, सामूहिक राजीनामा दिऔँ : महासचिव पौडेल

काठमाडौं । नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सचिवालयमा भएका नेताहरु असफल हुने अवस्था आएकाले सामूहिक राजीनामा गर्न प्रस्ताव गरेका छन् । 

 

पार्टी भित्रको बढ्दो विवादले संकटमाथि संकट निम्तिएको भन्दै समस्या समाधानमा सचिवालय असफल भएको उनले बताएका थिए ।

 

‘समस्या धेरै भयो तर समाधानमा सचिवालय असफल बन्यो’,बैठकमा सचिवालयको भूमिकाप्रति असन्तुष्टि जनाउँदै पौडेलले भने,‘सचिवालय विघटन गरौँ । नयाँ पुस्तालाई नेतृत्व दिनेगरी स्थायी समिति बैठकमा प्रस्ताव लैजाऔं ।’ 

 

उनले नेकपाभित्रको विवादले देशनै बर्दादीतिर जाने भन्दै सबै एकढिक्का भएर अघि बढ्नुपर्नेमा पनि जोड दिएका थिए । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार