• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

नेकपाको सचिवालय बैठक सकियो, अर्को बैठक १० दिनपछि पुन : बस्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ। आज बालुवाटारमा करिब एक घण्टा चलेको सचिवालय बैठक १० दिनपछि पुनः बस्नेगरी सकिएको हो।

 

आगामी मंसिर १३ गते बस्ने बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीले पनि छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने र दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गर्ने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । यसअघि सचिवालय बैठकमा  कार्यकारी अध्यक्ष दाहालले पेश गरेका र ओलीले ल्याउने दुबै प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।

 

गत २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रस्ताव पेस गरेका थिए। ओलीको प्रस्ताव समेतलाई ध्यानमा राखेर सचिवालय बैठक १० दिनका लागि स्थगित गरिएको हो ।

 

आज सम्पन्न बैठकले यही मंसिर १३ गते सचिवालय, १८ गते स्थायी समिति र २५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको स्रोतले जनाएको छ 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार