• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
पत्रपत्रिका

धौलागिरी अस्पतालमा शरीर जोडिएका बच्चाको जन्म, बच्चा जन्मदा नै मृत्त

बागलुङ । धौलागिरी अस्पताल बागलुङमा शरीर जोडिएका (कन्ज्वाइन्ड टुइन्स) दुई शिशुको जन्म भएको छ । पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ वर्षीय अनिता विकले मंगलबार धौलागिरी अस्पताल बागलुङमा शरीर जोडिएको दुई बच्चालाई जन्म दिएकी हुन । 

 

पर्वत अस्पतालबाट बिहान ४ बजे रिफर भएर अस्पताल आएकी विकले बिहान ६ बजेर १० मिनेटमा बच्चालाई जन्म दिएको अस्पतालकी नर्स देवी भट्टराईले जानकारी दिए । शिशुहरू जन्मदै मृत्त भए पनि आमाको अवस्था सामान्य रहेको उनले बताए । गर्भवती अवस्थामा भिडियो एक्सरे र रगत जाँच जस्ता स्वास्थ्य परीक्षाण नगरेको हुँदा बच्चाको पूर्व अवस्था थाहा नभएको नर्स भट्टराई को भनाइ छ ।

 

‘उहाँले पहिले भिडियो एक्सरे र रगत जाँच गराउनुभएको रहेनछ,’ भट्टराईले भने,‘पर्वत अस्पतालले रिफर गरेको भएकाले हामीले नर्मल सुुत्केरी गराएको हौं । बच्चा जन्मदा नै मृत्त थिए। आमाको अवस्था सामान्य छ र उहाँ अस्पतालबाट डिस्चार्ज भइ घर फर्किनुभएको छ। यस शरीरका अङ्ग जोडिएका बालबालिका जन्मने घटना चिकित्सा विज्ञानमा विरलै हुनेगर्छ। गोरखापत्र 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार