• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

मोडेर्नाको नयाँ खोपले कोभिड-१९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने देखियो

काठमाडौं । अमेरिकी कम्पनीले मोडेर्नाले विकास गरेको खोप ९५ प्रतिशतसम्म प्रभावकारी भएको सार्वजनिक भएको छ ।दुबै कम्पनीले आफ्नो खोपको विकासका क्रममा नयाँ र प्रयोगात्मक विधि अपनाएका थिए ।

 

मोडेर्नाले सो उपलब्धीलाई ‘महान दिन’ भन्दै केही हप्तामा नै सो खोपको स्वीकृतिका लागि आवेदन गर्ने बताएको छ । तर पनि यी तथ्यहरू प्रारम्भिक भएको यसले थुप्रै प्रश्नहरुको उत्तर नदिइएको बताइएको छ । 

 

पछिल्लो खोपको पहिलो डोज अमेरिकामा ३० हजार मानिसमा दिइएको र चार हप्ताको फरकमा आधा मानिसलाई दोस्रो डोज दिइएको थियो र बाँकीलाई भने ‘डमी’ सुइ दिइएको थियो।

 

हाल सार्वजनिक गरिएको विश्लेषण जम्मा ९५ जनामा आधारित रहेको हो त्यस मध्ये मात्र पाँच जनामा कोभिड-१९ को लक्षण देखिएको र बाँकी ९० जनामा कुनै लक्षण देखिएको थिएन यस आधारमा खोपले ९४.५ प्रतिशतमा रोग प्रतिरोधात्मक क्षमता विकास भएको थियो ।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार