पश्चाताप
जवान थिएँ कुनै दिन
समयले बुढो बनायो।
धनले पछि कुदायो।
एउटा सुन्दर परिवार बसायो।
जीवनको अबिचल लम्बे यात्रामा
लावा लस्कर संगतले बिगार्यो।
सम्पतिको मोजमस्तिमा
सुरा सुन्दरिले फसायो।
ढल्किदो उमेर सँगसँगै
शरीरले काया पल्टायो।
आफन्तसँग घुलमिल समय।
वुढ्यौलीले सबै बिगार्यो।
ढल्किनु थियो, ढल्कियो उमेर।
जाँगर हरायो, सहयात्री हराए।
पत्तै भएन वुढो पो भएछु।
सबै कराए सबै हराए।
म सँगै उमेरले लडिबुडि खेल्यो।
सन्तान सारा टाढा बनायो।
कुटुम्बको त के कुरा भयो र ?
मनले नै मनलाई टाढा बनायो।
एक टुक्रा खुसी बनि बाड्न सकिएन।
मन नै चट्टान बनायो।
बुवाआमा लगें आफै वृद्धाश्रम।
सपना ठड्याउनै सकिएन।
आमा वुवा नै रहेछन सन्सार सारा।
सम्पतिको पछि कुदाइयो जीवन सारा।
युवाहरुको कस्तो अचम्मको पारा।
यसरी नै चल्दैछ संसार सारा।
प्रतिकृया दिनुहोस