• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
खेलकुद

मण्डेकाजी र आयषासहित ७ खेलाडीलाई ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ सम्मान

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता मण्डेकाजी श्रेष्ठ र आयषा शाक्यसहित ७ खेलाडीलाई राष्ट्रिय प्रतिभा सम्मान पुरस्कारबाट पुरस्कृत गर्नेभएको छ ।

 

मन्त्रालयले शुक्रबार करातेका मण्डे र तेक्वान्दोकी आयषासहित ७ खेलाडीलाई राष्ट्रिय प्रतिभा सम्मानबाट पुरस्कृत गरिने जनाएको छ । पुरस्कृत हुने अन्य खेलाडीमा साईकिलिङ्गकी लक्ष्मी मगर, गल्फका सुवास तामाङ, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, शारीरिक सुगठनका समिर श्रेष्ठ र भारोत्तोलनका विकास थापा रहेका छन्।

 

यस्तै कराते प्रशिक्षक कुशल श्रेष्ठ र तेक्वान्दो प्रशिक्षक नविन कुमार श्रेष्ठलाई समेत पुरस्कृत गरिने मन्त्रालयले जनाएको छ । निर्णायकमा जुडोका धर्म कुमार श्रेष्ठ सम्मानित भएका छन् । त्यस्तै खेल संघमा गल्फ रहेको छ । चिकित्सातर्फ भने डा.ज्ञानेन्द्र विक्रम शाह रहेका छन् ।

 

‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित हुने खेल प्रायोजकमा काठमाडौं महानगरपालिका र कतार एयरवेज छन् । मन्त्रालयले आवेदन आएका २७ खेलाडी, १२ खेल प्रशिक्षक, ३ खेल निर्णायक, ४ खेल व्यवस्थापक र चिकित्सक, २ खेल संघ र विधा नखुलेका ४ गरी जम्मा ५२ बाट पुरस्कृत हुने नामावली छनोट गरेको हो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार