• शनिबार १-८-२०८१/Saturday 04-20-2024
शिक्षा

मंसिर २८ देखि बिएस्सी, बिबिएस र बिएड चौथो वर्षको परीक्षा सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोनाबाट स्थगित परीक्षा २८ मंसिरदेखि सुरू गर्ने भएको छ ।

 

विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा संकायतर्फको चार वर्षे बिएस्सी, बिबिएस र बिएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा सञ्चालन गर्न लागिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

 

त्रिविका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्न लागिएको हो । चौथो वर्षको फारम छुटेका विद्यार्थीले दोब्बर दस्तुर तिरेर ८ मंसिरभित्र फारम भरिसक्नुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार