• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

बढ्यो सुन

काठमाडौं । सुनको मूल्य आज फेरि बढेको छ ।

 

आज सुन तोलामा एक सय रुपैयाँले बढेर ९४ हजार नौ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

महासंघका अनुसार आज सुन तोलाको ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।  पाँच रुपैयाँले बढेर चाँदी तोलाको एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार