• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

भारतीय सेनाध्यक्ष नरभानेको नोभेम्बर ४ बाट तीनदिने नेपाल भ्रमण गर्दै 

काठमाडौं । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको मिति तय भएको छ । भारतीय सेनाले तय गरेको मिति अनुसार नरभानेले यहि नोभेम्बर ४ तारिखबाट ३ दिने नेपाल भ्रमण गर्ने जनाइएको छ ।

 

यसअघि नेपाली सेनाले भातीय प्रमुख प्रमुख नरभानेलाई नेपाल भ्रमणका निमन्त्राणा गर्ने तयारी भइरहेको बताएको थियो । बिगत झैँ नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलनलाई निरन्तरता दिन भारतका सेनाध्यक्ष नरभानेलाई नेपाल भ्रमणमा आउन लागेका हुन  ।

 

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा लगायत नेपालका शीर्ष राजनीतिक नेता र केही अन्य ब्यक्तिहरुसँग पनि उनले भेटवार्ता गर्ने कार्यक्रम छ ।

 

उनको यस अगाडी नै भ्रमण मिति तय भएपनि लकडाउनका कारण स्थगित हुन पुगेको थियो । यो भ्रमण लाई यस अर्थमा पनि महत्वपूर्ण मानिएको छ की उनले नेपालको भूमि समेटेर भारतले नक्सा जारी गर्दा र सडक मार्ग बनाउदा नेपालले जनाएको आपत्ति र विरोधलाई अन्य कुनै देशको इशारामा विरोध जनाएको भन्दै आपत्तिजनक अभिब्यक्ति दिएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार