• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

थपिए ५७० कोरोना संक्रमित, तीन हजार १६८ डिस्चार्ज 

काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभर थप ५७० कोरोना संक्रमित फेला परेका छन् । यससँगै कुल संक्रमितको संख्या एक लाख ६० हजार ४०० पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५७० संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ६८१ पुगेको छ । 

 

पछिल्लो २४ घण्टामा तीन हजार १६८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख १८ हजार ८४३ जना डिस्चार्ज भएका छन् । 

 

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख ६९४ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर ४० हजार ६८१ जना आइसोलेसनमा रहेका छन्  भने दुई हजार ९३२ जना क्‍वारेन्टिनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार