• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
स्वास्थ्य

दशैंका कारण घट्यो परीक्षण, आज काठमाडौं उपत्यकामा मात्र २५२  कोरोना संक्रमित

काठमाडौं ।  नेपालीहरुको महान चाड दशैँका कारण अधिकांश प्रयोगशालाहरु बन्द हुँदा बितेको २४ घण्टामा परीक्षण ह्वात्तै घटेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको अध्यावधिक विवरणअनुसार २४ घण्टामा मात्रै २७२५ जनाको पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५२  कोरोना संक्रमित थपिएका छन् । संक्रमित मध्य ९७ महिला र १५५ पुरुष रहेका छन् । 

 

काठमाडौंमा मात्र हालसम्म १६ हजार ९५८ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २०० जनाको मृत्यु भएको छ । त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार १९४ जना सक्रिय संक्रमित रहेका छन् भने ५८ जनाको मृत्यु भएको छ । 

 

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ७० हजार ६ सय ४५ पुगेको छ । काठमाडौंमा ५७ हजार ३ सय जना, ललितपुरमा ८ हजार ५२, भक्तपुरमा ५ हजार ३ सय ९३ जना संक्रमित थपिएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार