• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

पन्जाबको सानदार जित

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्समाथि किङ्स इलाभेन पन्जाबले सानदार जित निकालेको छ ।

 

सोमबार सारजाह क्रिकेट स्टेडियममा भएको खेलमा पन्जाबले कोलकाता नाइटराइडर्सलाई ९ विकेटले पराजित गर्दै सिजनको छटौं जित निकालेको हो । कोलकाताले दिएको १५० रनको लक्ष्य पछ्याएको पन्जाबले १८.५ ओभरमा मत्र दुई विकेट गुमाउँदै जीत हात पारेको थियो  । पन्जाबका लागि गेल र सिंहले सय रनको साझेदारी गरेका हुन् । 

 

गेलले २९ बलमा ५१ रन बनाए । उनले आईपीएलमा पन्जाबका लागि १ हजार रन समेत पुरा गरे । मन्दिप ६६ रनमा अविजित रहे । यस्तै कप्तान केएल राहुलले २८ रन बनाए। उनले २५ बलमा ४ चौका प्रहार गर्दै २८ रन जोडक हुन् । सन्दीप सिंहले ६६ रनको अविजित अर्धशतकी पारी खेले । उनले ५६ बलमा ८ चौका र २ छक्काको मद्दतमा ६६ रनको अविजित पारी खेलेका हुन् । निकोलस पूरन २ रनमा अविजित रहे ।

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । कोलकाताका लागि शुबमन गिलले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान इयान मोर्गनले ४० रनको योगदान गरे । कोलकाताका लागि गिल र मोर्गनले चौंथो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए । यस्तै लक्की फर्गुसन २४ रनमा अविजित रहे ।

 

कोलकातालाई सस्तैमा समेट्न पन्जाबका मोहमद शामीले २ विकेट लिए । यस्तै रबि बिश्नोई र क्रिस जोर्डनले २/२ विकेट लिए । ग्लेन म्याक्स्वेल र मुरुगान आश्विनले १/१ विकेट लिए ।कोलकाताका लागि भरुन चक्रवर्ती र फोर्गेन्सनले एक एक विकेट लिए ।

 

जितसँगै पन्जाबले कोलकाताविरुद्ध अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा कोलकाताले पन्जाबलाई २ रनले हराएको थियो ।जितसँगै पन्जाब तालिकाको चौंथो स्थानमा समेत उक्लिएको छ ।  पन्जाबले प्ले अफ सम्भावना बलियो बनाएको छ । पन्जाबले १२ खेलमा १२ अंक जोडेको छ । कोलकाता भने पाँचौं स्थानमा झरेको छ । कोलकाताले पनि १२ खेलमा १२ अंक नै जोडेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार