• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
राजनीति

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीबाट टीका ग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवीबाट बडा दसैँको टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीसहित धर्मपत्नी राधिका शाक्यले पनि आज शीतल निवासमा राष्ट्रपति भण्डारीद्वारा टीका ग्रहण गरेका हुन् ।

 

प्रधानमन्त्री ओलीले यो वर्ष बुबाको हातबाट भने टीका लगाउनुभएन । बुबा मोहनप्रसाद ओली गृहजिल्ला झापामा रहेकाले यो वर्षको दसैँमा प्रधानमन्त्रीले बुबाको हातबाट टीका नलगाएका उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

 

प्रधानमन्त्री ओलीले यो पटकको दसैँमा आफ्नो निवासमा पत्नी राधिकालाई मात्र दसैँको टीका लगाइदिएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार