• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

नेहाले गरिन् रोहनप्रीतसँग बिवाह

मुम्बई । गायिका नेहा कक्कडले विवाह गरेकी छिन् । गायिका नेहाले शनिबार अर्थात २४ अक्टुवर रोहनप्रीत सिंहसँग विवाह बन्धनमा बाँधिएकी हुन् ।

 

उनीहरुको विवाह समारोहमा पारिवारिक सदस्य र नजिकका साथीहरुको मात्रै उपस्थिति थियो । विवाह समारोह निकट व्यक्तिहरुको मात्रै उपस्थितिमा गरिए पनि यो जोडीले पन्जाबमा रिसेप्सन भने भव्य रुपमा आयोजना गरेका थिए । नेहाले इस्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै क्याप्सन लेखेकी छन् ‘तिमी मेरो हौ’।

 

दुबैको विवाह दिल्लीको उत्तर नगरको एक गुरुद्धारमा भएको थियो ।विवाह पछि दुबै एयरोसिटीस्थित होटल जे डब्ल्यु म्यारियट पुगेका थिए । त्यहाँ दुबैपक्षको नजिकका आफन्त, साथीहरुको उपस्थिति रहेको थियो । नेहाले विवाहका केही साताअघि अर्थात् ९ अक्टोबरमा मात्रै रोहनप्रितसँगको आफ्नो फोटो सेयर गर्दै सम्बन्धबारे खुलासा गरेकी थिइन् । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार