• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

प्रधानमन्त्री ओली र भारतीय गुप्तचर प्रमुख भेट :  'राष्ट्रिय हितलाई कमजोर पार्ने काम भयो'

काठमाडौं । नेकपाका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकायका प्रमुखबीचको भेटवार्ताप्रति आपत्ति जनाएका छन् ।उनले यस्तो घटना नेपालको राजनीतिक एवं कुटनीतिक इतिहासमा पहिलो घटना भएको उल्लेख गर्दै आशंका र प्रश्नहरु जन्माएको उल्लेख गरे ।

 

उनले  सामाजिक सञ्जाल मार्फत  गुप्तचर प्रमुखको भ्रमण र छलफल बारे परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नहुनु, भेटका क्रममा परराष्ट्रका अधिकारीको सहभागीता नहुनु, पार्टी भित्र कुनै छलफल र जानकारी नगराइनु आफैमा आपत्तिजनक भएको टिप्पणी गरेका हुन ।

 

आफु केही दिन गोरखा र चितवनको भ्रमण गरी काठमाडौं फर्किएको र यसबिचमा भारतको गुप्तचर सँस्था ’रअ ’प्रमुख सामन्त गोयल बिमान नै चार्टर गरी टोली सहित नेपाल आएर हाम्रा प्रधानमन्त्रीसँग “वार्ता “गरेर फिर्ता भएको समाचारले आश्चर्यजनक बनाएको उनले उल्लेख गरेका छन् ।

 

पार्टीलाई जानकारी नभएको विषय भएकाले यसमा आफ्नो व्यक्तिगत धारणा राख्न चाहेको भन्दै उनले यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

 

उनले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् कि, “नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार