• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

पन्जाबसँग हैदराबाद १२ रनले पराजित

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी(ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ ।शनिबार दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पन्जाबले हैदरावादलाई १२ रनले पराजित गरेको हो । 

 

पन्जाबले दिएको १२७ रनको सामान्य लक्ष्य पछ्याएको हैदरावादले १९.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ११४ रन बनाउन सक्यो । हैदराबादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ३५ रन बनाए ।

 

यस्तै विजय शंकरले २६ रन जोड्दा जोनी बेयरस्टोले १९ रन बनाए । मनिस पाण्डेले १५ रन बनाए । पन्जाबका क्रिस जोर्डन र अश्रदिप सिंहले ३र३ विकेट लिए । त्यस्तै मोहमद शामी, मुरुगान आश्विन र रवि बोश्नोईले एक एक विकेट लिए ।

 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रन जोडेको थियो । मध्येम सुरुवात गरेको पन्जाबले पहिलो विकेटको रुपमा मन्दीप सिंहलाई गुमाएको थियो । मन्दीप पाँचौ ओभरको अन्तिम बलमा राशिद खानको हातबाट क्याच आउट हुँदै पेभिलियन फर्किएका थिए । उनले १७ रन जोडे । 

 

त्यस्तै दोस्रो विकेटको रुपमा २० रनमा खेलाडी रहेका क्रिस गेललाई गुमाएको पन्जाबले तेस्रो विकेटको रुपमा भने कप्तान केएल राहुलाई गुमाएको थियो । राहुलले २७ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा २७ रन जोडेका थिए । 

 

ग्लेन म्याक्सवेलले १२ रन जोड्दा क्रिस जोर्डन ७, मुरुगन आश्विन ४ र दीपक हूडा शुन्य रनमा आउट भएका थिए । निकोलस पूरनले भने ३२ रनको अविजितर पारी खेले । उनले २८ बलमा दुई चौका प्रहार गर्दै २८ रन जोडेका हुन् । 

 

हैदराबादलाई हराएपछि पन्जाबले ११ खेलमा १० अंक जोडेको छ । पाँचौ स्थानको पन्जाबले प्ले अफ सम्भावना समेत जीवित राखेको छ । हैदराबादले ११ खेलमा ८ अंक जोडेको छ । हैदराबाद तालिकाको छैटौं स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार