• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पत्नी हिसिला यमीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते स्वाब परीक्षणका लागि दिएका बाबुराम र हिसिलाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

 

बाबुरामले रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकको सल्लाह अनुसार होम आइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन समेत आग्रह गरेका छन् ।

 

भट्टराईले आफनो ट्वीटरमा लेख्दै भनेका छन्, हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो। चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं ।  केही समय यता हाम्रो सम्पर्कमा रहैका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार