• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

फ्रान्समा किन गरियो यी शिक्षकको क्रूर हत्या

काठमाडौं । फ्रान्समा मारिएका एक शिक्षकविरुद्ध अनलाइन अभियान चलाएको भनिएका एक विद्यार्थीका बाबुले स्यामुअल पटी माथि हमला हुनु अघि हमलाकारीलाई सन्देश पठाएको फ्रेन्च सञ्चारमाध्यमहरूले जनाएका छन्।

 

शुक्रवार मारिएका पटीले आफ्ना विद्यार्थीहरूलाई मोहम्मदका विवादास्पद् कार्टुनहरू देखाएका थिए। ती ४८ वर्षे व्यक्तिको नाम भने बताइएको छैन। तर उनीमाथि ती शिक्षकविरुद्ध 'फतवा' जारी गरेको आरोप लगाइएको छ। प्रहरीले सोमवार मुस्लिम सञ्जालका विभिन्न स्थान र झण्डै ४० वटा घरमा छापा मारेको थियो।

 

मङ्गलवार फ्रेन्च राष्ट्रपति एमान्यूअल माँक्रोले शेइख यासिन कलेक्टिभ नाम गरेको एउटा मुस्लिम समूहमाथि प्रतिबन्ध लगाएका छन्। घटनापछि प्यारिश नजिकैको एउटा मस्जिद ६ महिनाका लागि बन्द गरिएको छ

 

उक्त हत्यामा प्रत्यक्ष रूपमा संलग्न भएको भन्दै प्रतिबन्धित उक्त समूह प्यालेस्टिनी समूह हमासका संस्थापकको नामबाट स्थापना गरिएको थियो। माँक्रोले त्यस्तो प्रतिबन्ध फ्रान्सका मुसलमानहरूलाई अतिवादबाट जोगाउन सघाउन भन्दै ल्याएको बताएका थिए।

 

फ्रान्समा युरोपकै सबैभन्दा धेरै मुसलमानहरू छन्। फ्रेन्च प्रधानमन्त्री जँ क्यासटेक्सले त्रासको वातावरण कायम रहन नदिइने बताएका छन्। त्यहाँका गृहमन्त्रीले ५० भन्दा धेरै सङ्गठनहरू निगरानीमा रहेको बताएका छन्। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार