• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

फेरी बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य शुक्रबार तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार शुक्रबार छापावाल सुन ९४ हजार ८०० र तेजाबी सुनको शुक्रबारको मूल्य ९४ हजार ३ सय कायम गरिएको छ ।

 

यस्तै चाँदीको मूल्य पनि शुक्रबार बढेको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार