• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
रंगमञ्च

पाटन दरबार स्क्वायरमा शासकलाई शिल्पी थिएटरको खवरदारी

ललितपुर । अनशनरत डा गोविन्द केसीको समर्थनमा शिल्पी थिएटरका कलाकारहरूले सडक नाटक मञ्‍चन गरेका छन् ।

 

ललितपुरको पाटन दरबार स्क्वायरमा आज (बुधबार) सडक नाटक प्रस्तुत गरिएको हो। डा.केसीले आफनो ज्यान जोखिममा राखेर पटक पटक अनशन बसे पनि सरकारबाट कुनै सुनुवाइ नभएको सडक नाटकमा उजागर गर्न खोजिएको थियो ।

 

सोलिडारिटी फर डा.गोविन्द केसी अलाइन्सको आयोजनामा प्रदर्शन गरिएको नाटकमा शिल्पी थिएटरका कलाकारहरूले अभिनय गरेका थिए। डा.गोविन्द केसीको भूमिकामा घिमिरे युवराज थिए भने गोविन्द ओलीलाई प्रधानमन्त्री केपी शर्मा ओली र मोहन प्रकाश प्रचण्डको भूमिकामा थिए । नाटकको शीर्षक चाहिँ ‘अश्लील शासक’ रहेको थियो ।

 

चिकित्सा शिक्षा सुधारका लागि सरकारसँग विगतमा भएका सम्झौताको कार्यान्वयनको माग राखी जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बाबिरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि आमरण अनशनमा रहेका डा.केसी अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा छन् । 

 

डा. केसी अघिल्लो मंगलबार नेपालगन्ज हुँदै काठमाडौंमा आइपुगेका थिए । उनलाई काठमाडौंमा प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर ट्रमा सेन्टर पुर्‍याएको थियो र सोही दिन उनी आफनो स्वेच्छाले अस्पतालबाट निस्किएर महाराजगन्जस्थित शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार