• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
प्रविधी

अमेरिका–चीन विवादः दुस्प्रचार आरोपमा गुगलले बन्द गर्‍यो चीनसँग सम्बन्धित २ हजार बढी युट्युब च्यानल

काठमाडौं । सर्च इञ्जिन गुगलले चीनसँग सम्बन्धित २ हजार बढी युट्युब च्यानल हटाएको छ ।

 

दुस्प्रचार गरेको आरोपमा गुगलले २ हजार ५ सय  चिनियाँ भिडियो च्यानल हटाएको हो । यी च्यानललाई अप्रिलदेखि जुनसम्म हटाइएको हो ।

 

यस्ता च्यानलहरुले गैर राजनीतिक विषयवस्तु प्रशारण गरे पनि यसले अप्रत्यक्ष रुपमा राजनीतिक विषयवस्तुसँग जोडिने र दुष्प्रचार गरेको आरोप  लगाइएको छ ।


 अमेरिका र चीनबीच भएको तनावकै रुपमा यस प्रकरणलाई हेरिएको छ ।

 

बुधबार मात्र, ह्वाइट हाउसले चिनियाँ स्वामित्वका डिजिटल नेटवर्क, एप्लिकेशनलहरु टिकटक, म्यासेन्जर, विच्याटले खतरा निम्त्याउने भन्दै हटाउने प्रयास थालेको भनेको छ । 

 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको मूल कम्पनी बाइटडेन्ससँग कारोबार प्रतिबन्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका थिए।एजेन्सीको सहयोमा

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार