• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
फेशन

मिस हेरिटेज मा परिसा रानाभाट तथा मिसेस हेरिटेजमा परिन्दा श्रेष्ठ (परि) ले नेपालको प्रतिनिधित्व गर्ने

 

काठमाडौं । अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस २०२०’ मा परिन्दा श्रेष्ठ (परि) र परिसा रानाभाटले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । श्रेष्ठले मिसेस र रानाभाटले मिस तर्फ नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् ।

 
हेरिटेज पेजेन्टसका लागि आधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले शनिबार पुल्चोकस्थित भिभान्त होटलमा कार्यक्रमको  आयोजना  गरि  दुबै प्रतियोगी सार्वजनिक गरेको हो । कार्यक्रममा ग्रिन आर्ट मिडियाले दुबै प्रतियोगीलाई ‘हेरिटेज पेजेन्टस नेपाल २०२०’को क्राउन समेत लगाइदिएको छ ।


Karyakram  इप्लानेट प्रा.लिका अध्यक्ष सन्तोष सापकोटाले पानस मा  बत्ति  बालेर  सुरु  गरेका   थिए  भने कोरियोग्राफर रोजिन  शाक्यले  कार्यक्रमबारे  प्रस्ट्याउदै समापन गरेका थिए ।


कार्यक्रममा पूर्व प्रतियोगी मिसेस दुर्गा बिसुराल, मिस अदिति श्रेष्ठ मिसेस मंजु ढकाल लगायतको   उपस्थिति रहेको थियो । 


दुबै प्रतियोगी केही दिन अगाडि राजधानीमा आयोजित ‘हेरिटेज पेजेन्टस नेपाल’को प्रारम्भिक चरणको अडिसनबाट छानिन सफल भएका हुन् । अडिसनमा बिवाहित तथा अबिवाहित गरेर २ सय बढी महिलाको सहभागीता रहेको थियो ।


‘हेरिटेज् पेजेन्टस् २०२०’ मलेसियामा आउँदो अप्रिल ११ देखि २० अप्रिलसम्म आयोजना हँुदैछ । नेपाल लगायत विश्वका ६० मुलुकका प्रतिस्पर्धीहरुको सहभागीता रहने छ ।

 

प्रतियोगीतामा सौन्दर्य प्रतियोगिता मार्फत युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उद्देश्यले इप्लानेट प्रा.लिले आयोजना गर्दै आएको हो ।


नेपाली कोरियोग्राफर रोजिन शाक्य र बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजा कोरियोग्रफीमा रहेने छन । ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ‘मिस हेरिटेज इन्टरनेसल’ २०१४ बाट सुरु भएको हो ।


 पहिलो संस्करण नेपालमा आयोजना भएको प्रतियोगिता भारतको नयाँदिल्ली, श्रीलंकामा, सिंगापुर हुदै अहिले मलेसियामा आयोजना हुन लागेको हो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार