• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
फेशन

'ब्युटिसियन ट्यालेन्ट नेपाल २०२०' को पहिलो अडिसन सम्पन्न

काठमाडौं । काठमाडौंको रविभवन स्थित रोज सिप बिकास तालिम केन्द्रमा 'ब्युटिसियन ट्यालेन्ट नेपाल २०२०' तेश्रो संस्करणको पहिलो अडिसन सम्पन्न भएको छ । 

 

पहिलो अडिसनमा २९ जना ब्युटिसियनहरुले सहभागिता जनाएका थिए भने रोज सिप विकास तालिम केन्द्र, रोज व्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर र बिलक्षण क्रियसनद्धारा आयोजित प्रतियोगिताको व्युटीसियनसोनी कारंजितको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

फाल्गुन १० गतेबाट प्रशिक्षण सुरु हुने ब्युटिसियनहरुको यस  सौन्दर्य प्रतियोगिता फागुन ९ गतेबाट पुन अर्को आन्तरिक अडिसनबाट केही प्रतियोगी चयन गरिने आयोजकले जनाएको छ । 

 

प्रशिक्षणको क्रममा बिज्ञहरुबाट प्रतियोगीहरुले ब्युटीसियन सम्बन्धि सेल्फ मेकअप, ब्राईडल मेकअप, इफेक्ट मेकअप, वाटर मार्वल नेल आर्ट, रसियन हेयर स्टाईल, हेयर केमिकल, आईल्यासिस एक्टेन्सन, पर्सनालिटी डेभ्लोप्मेन्ट, मिडिया प्रिजेन्टेसन, ग्रुमिङ जस्ता विभिन्न प्रशिक्षण दिइने भएको छ । 

 

बरिष्ठ ब्युटिसियन सोनी कारंजितले ब्युटिसियनहरुको व्यक्तित्व बिकास र प्रतिभा प्रस्तुतिका लागि तीन वर्षदेखि आफुहरुले ब्युटिसियन ट्यालेन्ट नेपाल आयोजना गर्दै आएको र प्रतियोगीहरुलाई एक महिनाको अवधीमा धेरै प्रकारका प्रशिक्षण दिने र कार्यक्रम सकिएपछि उनीहरुलाई ब्युटिसियन सम्बन्धि विभिन्न प्रशिक्षण प्रदान गरिने बताइन । 'ब्युटिसियन ट्यालेन्ट नेपाल २०२०' सिजन ३ को अन्तिम प्रतिस्पर्धा आगामी ७ चैतमा हुनेछ ।

 

प्रस्तुती : जयन सुब्बा मानन्धर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार